८ पुस २०८१, सोमबार

जाडोको समयमा खानुपर्ने खानाहरु


मरिच, लसुन र अदुवा

जाडोको समय निकै नै कठिनाई समय हो । यस समयमा विशेषगरी तराईका विभिन्न जिल्लाहरुमा गरिविहरुलाई निकै नै समस्या हुनेगर्दछ । यो समयमा कतिपय तराईका ठाउँहरुमा जाडोले गर्दा नै मर्ने गर्दछ । जाडोले गर्दा कतिपय व्यक्तिहरु विभिन्न रोगवाट ग्रसित पनि हुन्छन् । जाडोका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यसवाट समेत व्लड प्रेसर बढन सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसोकै बेला बाथ मुटु समेत हुनसक्छ । चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ । त्यसैगरी चिसोले फोक्सोमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागि चिसोको कारणले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोको असरले मुटुमा समेत अप्ठेरो पार्न सक्छ । यस समयमा खानेकुराहरुको पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

जाडोको समयमा खाने खानाहरु

  • तातो सुपहरू प्रसस्त खाने ।
  • तातो पानी प्रसस्त खाने ।
  • कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।
  • गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।
  • ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।
  • गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।
  • लसुन तथा अदुवाले पनि फाइदा गर्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !