२६ पुस २०८१, शुक्रबार

ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार


स्वास्थ्य

१४ कात्तिक, दमक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो । नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो । चार पटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेक पटक रु १०० समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताउनुभयो ।

स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले रु पाँच लाख ५० हजार छुट्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्यका ९० कार्यक्रम स्वीकृत गरेको छ । ती कार्यक्रमका लागि नगरपालिकाले रु ९० लाख छुट्याएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !