४ जेष्ठ २०८१, शुक्रबार

अस्पताललाई एम्बुलेन्स प्रदान


एम्बुलेन्स

२८ असोज, रामपुर पाल्पा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

उहाँले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पु¥याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्य गर्दै एम्बुलेन्सले चापाकोटका जनतालाई सहज सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दशँैको शुभकामना आदानप्रदानसँगै भएको कार्यक्रममा मन्त्री अर्यालले अव्यवस्थित रूपमा रहेका देशका विभिन्न स्थानको भूमि व्यवस्थापनका लागि पाल्पाको रामपुरबाट काम थालनी गर्ने बचन दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !