४ जेष्ठ २०८१, शुक्रबार

अमिलो डकार आउनुको लक्षण र कारण यस्ता छन्


अमिलो डकार आउनुको लक्षण र कारण यस्ता छन्

खाना खाएपछी डकार प्राय मानिसलाई आउने गर्छ । डकार आएपछि हामी अगाएको भन्ने गर्छौं । तर डकार आउनु भनेको पेट भित्र रहेको ग्याँस बाहिर आउनु हो । कहिले काँही हामीलाई अमिलो डकार आउँछ । यस्तो अवस्थामा भने हामीले यसलाई सामान्य रुपमा लिन हुदैन । हामीलाई अमिलो डकार विभिन्न कारणले गर्दा आउन सक्छ । ग्यास्ट्रिकको समस्या भएका मानिसलाई यस्ता खालका डकार आउने बुजिन्छ । अमिलो डकार आउने बित्तिकै हामीले एक पटक अस्पताल गएर जाँच गराउनु आवश्यक हुन्छ ।

अमिलो डकार आउनुको लक्षण यस प्रकार छन् :

  • पेट दुख्ने
  • पेट गडगडाउने/कराउने
  • पेटको अल्सर
  • कब्जियत
  • वाकवाकी लाग्ने
  • छाती पोल्ने
  • अमिलो पानी आउने

अमिलो डकार आउनुको कारणहरु यस्ता छन् :

  • अत्याधिक चिन्ता
  • अनियमित व्यायाम
  • आवश्यकता भन्दा बढी मात्रामा खाना
  • छिटो छिटो खाने बानी
  • गलत समयको भोजन
  • खाना र्खा लगत्तै सुत्ने बानी
  • चिल्लो, पिरो खानेकुराको सेवन
  • फुड प्वाइजनिङ्ग
  • मदिराको सेवन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !