६ जेष्ठ २०८१, आइतबार

पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा


डा. रामवरण यादव

७ साउन, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ ।

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराउनुभयो । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गर्नुभएका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बस्नुभएका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !