२८ चैत्र २०८१, बिहीबार

जण्डिस वा पहेलो रोगको उपचारबारे उपयोगी जानकारी


जण्डिस

काठमाडौँ । मानव शरिरमा लाग्ने विविध रोगमध्ये जण्डिस पहेलो रोग पनि एउटा अति खतरनाक रोग अन्तगर्त पर्दछ । यो रोगको उपचार परम्परा उपचार पद्दतिमा विगत लामो समयदेखि जडिबुटीबाट उपचार हुँदै आएको छ ।

हाम्रा पुर्खाले यो रोग झारफुकबाट गर्दै आएका थिए । समय परिवर्तन हुँदै गर्दा यसको उपचार आजकाल आयुर्वेद औषधिबाट हुँदै आएको छ । सहि औषधिको छनोट गरेर यसको उपचार आजको लेखमा दिनेछौं ।

हाम्रो करेसाबारीमा हुने मुलाको पातबाट पनि जण्डिसको सफल उपचार हुनेगरेको पाइन्छ । मुलाको पात ल्याउने र पातलाई थिचेर रस निकाल्ने एक गिलास रसमा एक चम्चा खस्रो चिनी राखेर खाने गरेमा केहि दिनमा जण्डिसको दोहोलो हुने बताइएको छ ।

जण्डिसको अर्को उपचार मन्त्रद्वारा गर्न पनि सकिन्छ । हाम्रा पुर्खाले विना औषधि उपचार गर्ने गरेका थुप्रै कथा हामीले सुन्ने गरेका छौं । आजको लेखमा हामीले मन्त्रलाई पनि समावेस गरेका छौं ।

मन्त्र

ॐ नमो वीर बेताल इसराइल नारी कहे तू देव खादि तू बादी पिलिया कू भिदाति कारे झारे पिलिया रहे न एकनिशान, रहजायतो हनुमंत की आन, मेरी भक्ति गुरूकी शक्ति फुरै मन्त्र इस्वरि बाचा ।

विधि

तोरीको तेल कासको कटोरामा लिने र माथिको मन्त्रले फुक्दै कुसले तेल चलाउदै गर्ने ।

उपचार

१. हेपाडेक्स डिएस (Hepadex Ds Syrup) सिरप १०मिलि दिनमा २ पटक दिने ।

२. लिभ ५२ (Liv 52 Ds) टेब्लेट दिनमा दुईपटक १ गोली दिनमा दुईपटक खान दिने ।

३. Livt SBL’S Liverpool tonic Syrup १० मिलि दिनमा दुईपटक खाने गर्नुहोस् ।

नोट : औषधि उपचार गर्नुपूर्व डाक्टरको परामर्शमा उपचार गराउनु होस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !