नवलपुर । औषधि व्यवसायी संघको शुभकामना आदान-प्रदान कार्यक्रम भएको छ । आज असोज २९ गते सोमबार नवलपुर जिल्ला आयुर्वेद औषधि व्यवसायी संघले बडादशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको हो ।
शुभकामना आदान-प्रदान कार्यक्रममा समितिका केहीलाई विदाइ र केहीलाई स्वागत गरिएको थियो । आयुर्वेद औषधि सेवनबाट मानवको लागि जीवनदान विषयमा बृहत छलफल गरिएको थियो ।
बर्तमान अवस्थामा एलोपेथिकले कम काम गरेको वेलामा सहि तरिकाले आयुर्वेद प्रयोग गर्नसके यसबाट मानव स्वास्थ्यमा ठूलो योगदान पुग्ने देखिएको छ । आजकाल एलोपेथिक उपचारमा भन्दा आयुर्वेद उपचारमा मानिसको झुकाव बढ्दो छ ।
यसरि नै अघि बढ्दै गयो भने देशले ठूलो उपलब्धि हासिल गर्ने छ । साथै यस आयुर्वेद औषधि व्यवसायीहरु र सम्पूर्ण नेपालभरी छरिएर बस्ने नेपालीमा विजयादशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गरेको छ ।