६ पुस २०८१, शनिबार

मेसिन र नाडीबाट ब्लड प्रेसर नाप्दा प्रेसरको अन्तर किन देखिन्छ ?


ब्लड प्रेसर

हजुरसंग ब्लड प्रेसर नाप्ने मेसिन छ । पहिले फिता बाँधिसकेपछि हावा दिनुहोस् यसरी हावा दिँदा नाडीको चाल थाहा हुन थाल्छ । फिता बाँधिसकेपछि अब हावा भर्न सुरु गर्नुहोस् र हेर्नुहोस् तपाईको नाडी कुन अंकबाट सुरु हुन्छ र समाप्त कुन अंकमा हुन्छ राम्रोसंग अध्ययन गर्नुहोस् र हेर्नुहोस् ।

उदाहरणको लागि मैले नापेको प्रेसरको अंक नाडीको गति अनुसार १३२ सिस्टोलिक र तलको छोड्ने बेलाको ९० अंक डिस्टोलिक देखिन्छ तर सेटमा भने १४१ सिस्टोलिक र १०४ डिस्टोलिक प्रेसर मापन गरेको छ ।

यसरी मापन गर्दा ब्लड प्रेसर हाइ भएको र यसको औषधी सेवन गर्नुपर्छ भन्ने मान्यता देखिन्छ । प्राचीन चिकित्साशास्त्रले नाडीबाटै रोगको परीक्षण गरेको पाइन्थ्यो भने अहिले आधुनिक चिकित्सा पश्चिमाहरुको आविस्कारले यो कुरालाई खण्डन गरेको देखिन्छ ।

यहाँ मानिसको प्रेसरले मनमा एउटा शंका उत्पन्न गर्ने गरेको हुन्छ । जसले औषधि सेवन नगरे हार्टअट्याक र प्यारालाइसिस हुने खतरा पटक-पटक बिरामीलाई भन्ने गरेको हुन्छ । यस्ले पनि मानिसको मनमा एक प्रकारको मानसिक चिन्तनलाई बढाएको हुन्छ ।

रोगलाई बताउने सिस्टम गलत हो तर कतिपय अवस्थामा रोगको जानकारी चाहनेहरूलाई बताउँदा खासै फरक नपर्ला तर कमजोर मानसिकता भएको व्यक्तिलाई बताउँदा हार्ट अटेक र प्यारालाइसिस त्यसै नहोला भन्न सकिन्न ।

आजकाल व्यस्तताले गर्दा हुनसक्छ नाडी हेरेर रोग बताउने चलन ओझेलमा परेको त छैन भन्ने कुरा यो लेखले पनि प्रमाणित गरेको छ । स्वास्थ्य जस्तो विषयमा सानो लापरबाहीले ठूलो घट्ना नघट्ला भन्न सकिदैन ।

कहिलेकाही एकदिनमा मान्छे मर्ने भए एकपटक र तीन दिनमा मर्ने भए तीन पटक नाडी काटेर चलेमा भन्न सकिन्छ । मृत्यु हुने बेला मान्छेको नाडीमाथि सरेको हुन्छ वा गायब हुने गरेको हुन्छ ।

नाडी परिक्षण गर्दा महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हुन्छ । यदि नाडी नियमित गतिमा ३० पटकसम्म नरोकिने गरी चलेको छ भने रोगीको उपचार सम्भव छ रोगी मर्दैन । यदि धड्कन रोकी रोकी चल्ने गर्छ भने रोगीको उपचार शिघ्र गर्नुपर्ने हुनसक्छ नत्र रोगी मर्न सक्छ । त्यस्ता रोगी समय नपुग्दै मर्न सक्छ । नाडी ज्ञान हुने वैद्यले नाडीद्वारा सवै पत्ता लगाएर उपचार गर्ने गरेका हुन्छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रेसर लो भएको व्यक्तिले ध्यानदिनु पर्ने कुराहरु

ब्लड प्रेशर कम गर्न सिताफल बहुउपयोगी

ब्लड सुगर रोकथाममा एक डाक्टरले गरेको सफल अनुभव

ब्लड प्रेसर लो भएका व्यक्तिले अपनाउनुपर्ने उपायहरु

ब्लड प्रेसर हाई भएका व्यक्तिहरु चिसो मौसमवाट बाच्ने उपायहरु

ब्लड प्रेसर लो भएका व्यक्तिले अपनाउनुपर्ने उपायहरु

प्रेसर लो भएको व्यक्तिले ध्यानदिनु पर्ने कुराहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !