२५ भाद्र २०८१, मंगलबार

ब्लड प्रेशर कम गर्न सिताफल बहुउपयोगी


सिताफल, सरिफा

सिताफललाई सरिफा पनि भनिन्छ । हामीले सीताफल चाख्नुपूर्व सीताफलमा के कस्ता मिनरल पाइन्छ भन्ने कुरा जान्न आवश्यक छ । यस्ता मिनरल जान्न सके हामीलाई धेरै फाइदा हुन सक्छ । पोषक भिटामिनहरू निम्न अनुसार छन् । भिटामिनहरू यस्ता छन हामीले सीताफलबाट निम्न भिटामिन प्राप्त गर्न सक्छौ ।

सीताफलमा पाइने भिटामिन निम्न अनुसार छन् ।

१. भिटामिन ए 15 IU,
२.विटामिन सी 91 mg
३. थायमिन 275 mcg,
४. राइबोफ्लेविन 283 mcg
५. नियासिन 2.2 mg,
६. विटामिन बी-6 500 mcg,
७. फोलेट 35mcg,
८. पैंटोथैनिक एसिड 565 mcg,
९. खनिज
१०.कैल्शियम 60 मिलीग्राम,
११.लोहा 1.5 मिलीग्राम,
१२. मैग्नीशियम 53 मिलीग्राम,
१३. फास्फोरस 80 मिलीग्राम
१४. पोटैशियम 618 मिलीग्राम,
१५. सोडियम 23 मिलीग्राम,
१६. जस्ता 250 मिलीग्राम,
१७. तामा 215 मिलीग्राम,
१८. सेलेनियम 1.5 मिलीग्राम

सीताफल कतिपयले देख्नुभएको छ । खानु पनि भएको छ । सीताफलमा पाइने मैग्नेशियम र कैल्शियम हुन्छ । हाइब्लड प्रेशरको समस्या भएको छ भने केहि सिमासम्म ब्लड प्रेसर रोक्न सकिन्छ । तर यो औषधि भने होइन ।

सीताफलमा भिटामिन सी प्रशस्त पाइने हुनाले हजुरको शरीरमा इम्यूनिटि पावर बढाउन ठूलो मदत्त गर्नेछ । सीताफलमा नेचुरल एन्टीअक्सीडेंटको मात्रा बढी मात्रा बढी हुने गर्दछ । हामीले मौसम अनुसारको फल खाने बानी बसाल्नु पर्दछ । यति मात्रै होइन सीताफलमा भिटामिन सी, भिटामिन ए, पोटेशियम, मैगनीशियम, तामा र फाइबर स्वास्थ्यका लागि महत्वपुर्ण मानिएको छ ।

हाम्रो वरिपरि यस्ता अनगिन्ती फलफूल छन् सहि तरिकाले खान जानेमा विविध रोगमा राम्रो फाइदा गर्दछन् तर बढी खायमा नोक्सान समेत गर्न सक्छन् । औषधि होस् या फलफूल किन नहोस् सहि तरिकाले खान जान्नु पर्दछ ।

आजको लेखमा मैले सीताफलबाट के के फाइदा रहेछन् भन्ने जानकारी दिनेछौं ।

१. एनीमिया(Anemia)

हजुरको शरीरमा एनीमिया रगतको कमी भएमा पनि सीताफलले राम्रो फाइदा गर्दछ । तर यसका लागि दैनिक २ वटा सीताफल खानुपर्ने हुन्छ । हामीले कृतिम आइरनको सट्टा यसलाई खाएमा नेचुरल आइरन प्राप्त गर्न सक्ने छौं ।

२. कोलेस्ट्रॉल

आजकल कोलेस्ट्रॉल नभएको मान्छे पाउन गार्हो छ। कोलेस्ट्रोल धेरै भए नाना थरीका रोगले आक्रमण गर्न सक्छ । सीताफलमा यो गुण विद्यमान छ ।

३. इनर्जी

सीताफलमा भिटामिन, मिनरल र प्रोटिनको गुण पाइने हुनाले शरीरमा एनर्जी पैदा हुने गर्दछ । कमजोर हटाउन दैनिक एउटा सीताफल खाने गर्नुपर्दछ ।

४. रोगसंग लड्ने प्रतिरक्षा प्रणाली बढाउन

प्राकृतिक एन्टीअक्सीडेंट भिटामिन सीताफल एउटा राम्रो स्रोत हो । यसको नियमित सेवन गर्नाले इम्यून सिस्टम बढाउने काम गर्दछ ।

५. ह्रदयघातवाट बच्न

सीताफलमा पर्याप्त मात्रामा पोटेशियम र मैग्नेशियम फाइबर र प्रोटीन हुने हुनाले यसले ह्रदयलाई स्वस्थ राख्न मदत्त गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !