७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यमन्त्री गिरीले पनि गरे मृत्युपश्चात् अंगदानको घोषणा


पदम गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अंगदान गर्ने घोषणा गरेका छन् । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अंगदान गर्ने घोषणा गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !