१४ बैशाख २०८१, शुक्रबार

डा. केसी र सरकारबीच १० बुँदे सहमति भएपछि तोडे अनसन


डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर २०औँ सत्याग्रहमा बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसी र सरकारबीच १० बुँदे सहमति भएपछि अनसन तोडेका हुन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् । सरकारी वार्ता टोली र डा. केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

विगत १३ दिनदेखि अनसनरत डा. केसी र सरकारबीच सहमति भएर सहमति पत्रमा हस्ताक्षरपछि डा. केसीले शनिबार अनशन तोडेका हुन् । डा. केसीले २०औं अनशन सुरु गरेको आज १३औं दिन पुगेको छ ।

कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए ।

उनको स्वास्थ्य अवस्था दिन-प्रतिदिन जटिल बन्दै गएपछि बृहत् नागरिक आन्दोलनले हिजो शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !