१३ बैशाख २०८१, बिहिबार

डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि अनसन तोड्ने तयारी


डा. गोविन्द केसी फाइल फोटो

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर २०औँ सत्याग्रहमा बसेका अभियन्ता प्रा. डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । विगत १३ दिनदेखि अनसनरत डा. केसी र सरकारबीच सहमति भएको हो ।

सहमतिको प्रस्ताव तयार भइरहेकोले हस्ताक्षरपछि डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने तयारी गरेका हुन् । डा. केसी र सरकारबीच ७ बुँदे मागमा साझा समझदारी भएपछि सहमति भएको हो ।

डा. केसीले २०औं अनशन सुरु गरेको आज १३औं दिन पुगेको छ । कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।

उनको स्वास्थ्य अवस्था दिन-प्रतिदिन जटिल बन्दै गएपछि बृहत् नागरिक आन्दोलनले हिजो शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !