५ जेष्ठ २०८१, शनिबार

पूर्व उपप्रधानमन्त्री विमलेन्द्रले भेटे उपचाररत दुई बरिष्ठ चिकित्सक


vimalendra

२१ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा. डा. यज्ञ अधिकारी र डा. उपेन्द्र देवकोटालाई आज बिहान भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का पूर्व कार्यकारी निर्देशक डा अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् । वि.सं २०३६ मा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा डा.अधिकारी नेवि संघका तर्फबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्वाचित भएका थिए ।

त्यस्तै, नेता निधिले आजै न्यूरो अस्पतालमा उपचाररत डा देवकोटालाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् । डा.देवकोटा विदेश उपचारपछि केही दिनदेखि यहाँ उपचाररत रहेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !