१२ जेष्ठ २०८१, शनिबार

कञ्चनपुरमा थपिए २५६ क्षयरोग बिरामी


१३ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा पाँच महिनाको अवधिमै दुई सय ५६ क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । खकारमा किटाणु फेला परेका एक सय ५९ जना र ९७ दीर्घ प्रकृतिका क्षयरोगका बिरामी फेला परेका हुन् ।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय, कुष्ट अधिकृत उद्धव ठगुन्नाका अनुसार गतवर्ष ८७४ क्षय रोगका रोगका बिरामी भेटिएका थिए । पाँच वर्षदेखि निरन्तर ८०० देखि ९०० को हाराहारीमा क्षयरोगका बिरामी फेला पर्दै आएको उनले बताए । ‘बढ्दो जनचेतनाको प्रभावका कारण पाँच वर्षदेखि क्षयरोगका बिरामी स्थिर रूपमा रहेका छन्,’ उनले भने, ‘गरिबी र अशिक्षा भएका क्षेत्रमा समेत क्षयरोगको संक्रमण बढ्दो छ ।’

महाकाली अञ्चल अस्पतालमा यो वर्षदेखि जिन एक्सपोर्ट मेसिन राखिएपछि क्षयरोग पत्ता लगाउन सहजभएको अधिकृत ठगुन्नाले बताए । ‘क्षयरोगका दीर्घरोगीहरूको खकारमा भएका किटाणु पत्ता लगाउनका लागि मेसिन नहुँदा काठमाडौं पठाउनुपर्थ्यो’, उनले भने, ‘मेसिन राखिए पछि दुई घण्टामै किटाणु पत्ता लगाई त्यसै आधारमा उपचार गर्दै अाएका छौँ। ’

प्रदेश ७ को कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगका बिरामी रहेको एक तथ्यांकले देखाएको छ । प्रदेश ७ को क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३\७४ मा तीन हजार ७१ बिरामी फेला परेका थिए ।

गत आर्थिक वर्षमा कैलालीमा एक हजार २०० एक र कञ्चनपुरमा ८७१ गरी दुई हजार ७२ जना क्षयरोगीका बिरामी भेटिएका थिए । निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३\७४ मा डोटीमा एक सय ८५, अछाममा एक सय ८३, कैलालीमा एक हजार २०१, कञ्चनपुरमा ८७४, बैतडीमा १६३, बझाङमा १३३, बाजुरामा १०७, डडेल्धुरामा ११६ र दार्चुलामा ११२ जना क्षयरोगका बिरामी भेटिएका थिए । आजको थाहा खबरवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !