७ बैशाख २०८१, शुक्रबार

खुशीको खवर : सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने


नेपाली नर्स

काठमाडौँ । नेपाल सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने भएको छ । सरकारले रोजगारीको लागि १० हजार नर्स बेलायत पठाउने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतसँग स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको हो ।

आज शुक्रबार राजधानीमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान इच्छा राखेकोले सम्झौताको लागि तयारी जारी रहेको बताएका हुन् ।

यस्तै श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको स्पष्ट परेका छन् । मन्त्री श्रेष्‍ठले सीपयुक्त र दक्षजनशक्ति कामदार पठाउनका लागि आकर्षक गन्तव्य मुलुकको खोजी भइरहेको बताएका हुन् ।

यसरी सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने तयारी गरेसंगै नर्स पढ्नेको आकर्षण बढ्नुको लागि खुशीको खवर पनि आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !