११ बैशाख २०८१, मंगलबार

रूघाको सफल आयुर्वेदिक र होम्योपैथीक उपचार


रूघा-खोकीको सफल घरेलु उपचार

मौसम परिवर्तनसँगै रुघा देखापर्छ । यस रोगबाट प्राय:जसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोई ब्यक्ति यस्तो होला, जो आफ्नो जीवनमा कहिले पनि रुघा बाट पीडित नभएको होला । रुघा बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो ।

बर्षमा एक-दुई पटक धेरैजसोलाई रुघा लागेकै हुन्छ । प्राय: रुघालाई हामी साधारण सम्झेर बढी ध्यान दिंदैनौ सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साइनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भनिन्छ ।

कारणहरु

१. सय कडौ प्रकारका भाइरस छन्, जसमध्ये राइनो भाइरसको संक्रमणबाट रुघा लाग्ने गर्दछ । धुलो, धुवाँ, प्रदुषण, बदलिंदो मौसम इत्यादिबाट एलर्जीका कारण रूघा लाग्ने गर्दछ ।

लक्षणहरु

१. चिसो लाग्नु र हाँक्छ्यु आउनु ।

२. आखाँ रसाउनु तथा नाकबाट पानी बग्नु ।

३. टाउको भारी हुनु, दुख्नु । नाक बन्द हुनु ।

४.हाँछ्यु आउनु ।

८. टाउको दुख्नु, जिउ दुख्नु, कहिलेकाही हल्का ज्वरो आउनु ।

रुघा सर्ने तरिका

रुघाबाट पीडित ब्यक्तिले हाँक्छ्यु गर्दा या खोक्दा भाइरसयुक्त खकारको सा-सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ । स्वस्थ्य ब्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघा फैलिन्छ ।

रूघाबाट कसरी बच्ने बचाउने ?

बराबर हात धुनु , ब्यक्तिगत सर-सफाईमा ध्यान दिनु रुघाबाट बच्ने उतम उपाय मानिन्छ । मुखमा मास्क लगाउनु । भिडभाड हुने ठाउँ जस्तै- सिनेमा हल, आमसभा, मेला आदिमा नाजाने । अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्यु पेपरको प्रयोग गर्ने ।

उपचार

रूघाको एलोपैथिकमा सटिक उपचार छैन भन्दा हुन्छ तर आयुर्वेदिक र होम्योपैथीकमा सटिक उपचार छ । आउनुस् उपचार गरेर फाइदा उठाउ ।

१. चित्रक हरितकी १ चमच दिनमा ३ पटक गरम पानीसित खानुहोस् ।

२. Silicea १२x को ४,४ गोली औषधि दिनमा चार पटक खानुस ठिक हुन्छ यो औषधि होम्योपैथीक हो ।

३. चार चमच जति खुकुरी रममा एक चमच सुद्ध मह राख्ने र हल्का सहदो गरम पानी एक गीलासमा मिलाएर साझ खाने रूघा निको हुन्छ ।

नोट : रूघा सन्चो नभएमा डाक्टरको परामर्शमा उपचार गराउने । मैले माथि दिएका फर्मुला हजारौं पटक परिक्षण गरेर लाभ उठाएका छन् । तल्लो ३ नम्बरको औषधि भने जाँड रक्सी खानेहरूको रूघा निको गराउन प्रयोग भएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !