७ बैशाख २०८१, शुक्रबार

उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका


जापानमा जन्मदर

कञ्चनपुर । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् ।

गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन् । बालिकाका बुवाआमा असक्त अवस्थाका हुनुहुन्छ । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताउनुभयो ।

“घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उहाँले भन्नुभयो, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ । कहीँकतैबाट सहयोग छैन।उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा४मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गर्नुभएको छ ।

पूर्वमन्त्री साउदद्वारा अक्सिजन कन्सन्टे«टर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपि साउदले शुक्लाफाँटा नगरपालिकालाई बुधबार पाँचवटा अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख दिलबहादुर ऐरलाई पूर्वमन्त्री साउदले अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको हो । तीन ठूलो र दुई सानो अक्सिजन कन्सन्टे«टर मेसिन पूर्वमन्त्री साउदले हस्तान्तरण गर्नुभएको छ । प्रवासी नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्टे«टर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री साउदले कोरोनाका सङ्क्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्सन्टे«टर इमर्जेन्सीका रूपमा प्रयोग हुने भएकाले अस्पतालसम्म बिरामीलाई पु¥याई ज्यान बचाउन सकिने उल्लेख गर्नुभयो । हावालाई फिल्टर गरी शुद्ध अक्सिजन बिरामीसम्म पु¥याउने कार्य अक्सिजन कन्सन्ट्रेटरले गर्ने भएकाले गम्भीर अवस्थाका बिरामीका लागि यो मेसिनले सघाउ पु¥याउने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !