१३ बैशाख २०८१, बिहिबार

वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई हटाउनेसहित ६ बुँदे सहमति


वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई हटाउनेसहित ६ बुँदे सहमति

काठमाडौँ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउने प्रक्रियामा सहमति भएसँगै आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

सरकारी वार्ता टोली र बीपी प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि ५१ दिन अघिदेखि भएको आन्दोलन टुंगिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच सहमति भएको हो ।

आज बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिमा अभियानले माग गरेबमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गरिने उल्लेख छ ।

मन्त्रालयका तर्फबाट वार्ता समितिमा प्रवक्ता डा. कृष्ण पौडेलसहित अन्य कर्मचारी र संघर्ष समितिको तर्फबाट डा. एस पी रिमालसहित अन्य चिकित्सकहरू सहभागी भएका थिए ।

प्रतिष्ठानमा पदाधिकारी मापदण्डसहितको कार्यविधि बनाइ नियुक्ति गर्नुपर्नेछ । त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालय र आन्दोलनरत पक्षबीच भएको ६ बुँदे सहमति

वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई हटाउनेसहित ६ बुँदे सहमति वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई हटाउनेसहित ६ बुँदे सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु