८ बैशाख २०८१, शनिबार

पोखरा महानगरका मेयर जिसीलाई हृदयाघात


मानबहादुर जिसी

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । स्रोतका अनुसार मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !