दादुरालाई अग्रेजीमा मिजल्स (Measles) भन्दछन् । यो एक प्रकारको भाइरसबाट हुने रोग हो । सक्रमण भएको ७ देखि १४ दिनमा यसको लक्षण देखिन थाल्दछ।
सामान्य अवस्थामा देखिने लक्षणहरु
१. ज्वरो आउने
२. खोकी लाग्ने
३. रूघा लाग्ने, सिगान बग्ने
४. आँखा रातो हुने
दादुरा ज्वरो आएको २४ घण्टाभित्र गिजामा, मुख भित्रको छालामा सानो सानो फोका देखिन सक्छ । पछि केहि दिनभित्र अर्थात् ३/४ दिनपछि अनुहार र शरीरमा राता राता दानाहरू देखिन सक्छ ।
यो सक्रमित व्यक्तिबाट एकबाट अर्कोमा सजिलै सर्ने हुन्छ । रोग लागेको व्यक्तिले हाछिउ गर्दा खोक्दा एकदेखि अर्कामा यो भाइरस सजिलै सर्दछ । यो भाइरस घन्टौसम्म वातावरणमा बच्न सक्छ । यो रोग सर्ने अर्को माध्यम भनेको हातले सक्रमित भएका रातो दानालाई छुदा सर्ने हुन्छ ।
यो रोगको अर्को जटिल अवस्था
१. कान पाक्ने
२. पखला लाग्ने
३. निमोनिया हुने
दादुरा रोग लागेमा लक्षण अनुसार उपचार गराउनु पर्दछ । समयमा यसको उपचार नभए मान्छे मर्न सक्छ । यो रोगमा भिटामिन एले राम्रो फाइदा गर्दछ ।
नोट : यस्ता लक्षण देखिना साथ डाक्टरको परामर्शमा उपचार गराइ हाल्नु पर्दछ । यसबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको खोप नै हो ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।













