आजकाल प्राय: यो रोग जण्डिसको रूपमा देखिने गरेको हुन्छ । यो रोग लागेको मान्छेको पहिलो लक्षणको रूपमा शरीर, आँखा, नङ पहेलो देखिएमा जण्डिस भएको हामीले भन्छौं । जण्डिको उपचार एलोपैथिकमा छैन तर आजकाल एलोपैथिक कम्पनीले पनि जण्डिसको राम्रो उपचार गर्दै आएको देखिन्छ तर यो उपचार अलि महंगो हुनाले कमजोर व्यक्तिका लागि सवैभन्दा सस्तो उपचार आयुर्वेदिक औषधिलाई मानिएको छ ।
हरेक प्रकारको जण्डिस हुनुको पछाडि प्रमुख कारण के हुन सक्छ भन्ने जिज्ञासा हरेकमा हुनु राम्रो हो । हरेक रोगको पछाडि हामीले खानपान रहन सहनलाई प्रमुख कारण मान्ने गरेका छौं । रगतमा विलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जण्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षण मात्र हो ।
जण्डिस भनेको के हो ?
रगतमा भएको विलिरुविनलाई कलेजोको कोषहरुले लिएर पित्तमा फालिदिन्छ । पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रित विलिरुविन पित्तको नली हुँदै सानो आन्द्रामा जान्छ । पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रित विलिरुविन पित्तको नली हुँदै सानो आन्द्रामा जान्छ । सो आन्द्राबाट फेरि सोसिएर ८० प्रतिशत जति पुनः रगतमा जान्छ। यसरी रगतमा विलिरुविन सधैँ विद्यमान रहन्छ ।
साधारण अवस्थामा रगतमा बिलिरुबिनको मात्रा १ देखि १.४ मिलिग्रामभन्दा कम हुन्छ । बिलिरुबिनको मात्रा ३ मिलिग्राम भन्दा बढी भएमा मात्र आँखा पहेँलो देखिन्छ । रगतमा विलिरुविनको मात्रा अत्यधिक भएमा यो पहेँलो हुन्छ । यस्तो भएमा जण्डिस भएको हुन्छ ।
यस्ता छन् जण्डिसका प्रमुख कारणहरु
१. शरिरमा अत्यधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फाल्न नसक्दा जण्डिस हुन सक्छ । यस किसिमको जण्डिसमा विलिरुविन ३ मिलिग्राम भन्दा बढी हुँदैन र यसको मात्रा घटने बढ्ने भइरहन्छ ।
२. कलेजोमा हुने क्यान्सर (कलेजोको क्यान्सर ) ले गर्दा पनि जण्डिस हुन सक्दछ । यस अवस्थामा हुने जण्डिस कलेजोले काम गर्न नसकेर भन्दा पनि कलेजो पित्तनली बन्द भएर हुने गर्दछ ।
जण्डिसको उपचार
जण्डिस कुनै रोग नभएर रोगको लक्षण मात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन भन्ने होइन तर जण्डिसको रोगको परिक्षण गरेर समयमा उपचार गरेमा राम्रो हुनेछ । जण्डिसको उपचार आयुर्वेदको साहेताबाट गर्दा रोग चाँडो निको हुनसक्छ ।
१. मुलाको पातलाई थिचेर रस निकाल्ने निकालेको रस १ माना निकालेर खस्रो चिनी राखेर दिनमा एकपटक ७ दिनसम्म खाएमा जण्डिस निको हुन्छ ।
२. दिनमा २ पटक थोरै भेलीसंग २ गिलास पानी खानु ठिक हुन्छ ।
३. फिटकरीलाई तावामा राखेर भुट्ने र पाउडर बनाउने यो पाउडरलाई १४ सानो सानो पुरी बनाएर एक रातको दहिसंग मिलाएर खान दिने जस्तोसुकै जण्डिस निको हुन्छ । यो मेरो अनुभव हो ।
४. लिभर टोनिक २,३ चमच दिनमा ३ पटक खान दिनु ठिक हुन्छ ।
५. Liv 52 Ds २ गोली दिनमा २ पटक ७ दिन सम्म खाने र पछि डोज घटाएर १ गोली दिनमा २ पटक एक महिना दिने ठिक हुन्छ ।
६.Tauras L १ टेब्लेट दिनमा एक पटक ४५ दिन सम्म चलाउने ठिक हुन्छ ।
७. Tauras L ५ मिली सिरप दिनमा २ पटक १ महिना सम्म खाने ठिक हुन्छ ।
नोट :रोगको अवस्था यदि जटिल छ भने डाक्टरको परामर्श लिएर उपचार गर्नु राम्रो हुनेछ । कतिपय अवस्थामा सामान्य उपचारबाट पनि यस्ता रोग निको हुन सक्छ । तर यस्ता घरेलु जडिबुटीबाट उपचार गराउदा योग्य वैद्य डाक्टर र अनुभवी व्यक्तिको रेख देखमा उपचार गराउदा ठिक हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।