डाक्टर भन्ने शब्द आफैमा महत्वपूर्ण शब्द हो । एउटा डाक्टरले विरामिको समस्या प्रष्ट नबुझिकन उपचार गर्छ भने डाक्टर सफल नहुन पनि सक्छ, यस्तो अवस्थामा नचाहदा चाहदै डाक्टर दोषी ठहर्छ ।
डाक्टर भन्ने वित्तिकै रोगीको सेवा गर्ने व्यक्तिको रूपमा चिनाइएको हुन्छ । डाक्टरले सेवा दिंदा कुनै पनि प्रकारको भेदभाव नलिकन गर्न सके मात्र त्यसलाई सेवा भनिन्छ तर पैसामा मात्र ध्यान दिने डाक्टरले सेवाको परिभाषा बुझेको हुदैन ।
मानव सेवा गर्ने सवैभन्दा महत्वपूर्ण भूमिका डाक्टरले निभाएको हुन्छ । आज डाक्टरी शिक्षालाई व्यापारीकरण हुनाले सामान्य व्यक्तिको पहुँच भन्दा माथि पुराएकाले सस्तो सेवाबाट नागरिक बन्चित भएको देखिन्छ ।
डाक्टर कहाँ उपचार गराउन आउने हरेक विरामीको सोच रोग निको हुने आसा लिएर आएको हुन्छ तर डाक्टरले विरामी चेकजाँच गर्ने काममा होसियारीपुर्वक रोगको परिक्षण गरेर सेवा दिन सकेमा मात्र डाक्टरप्रति रोगीको विश्वास प्रगाढ भएर चाँडो निको हुन सक्छ ।
आजकल पैसाको होडमा विरामी नछोइकन सोधेको भरमा उपचार गर्ने प्रचलनले डाक्टरप्रति विरामीको विश्वास गुम्न थालेको छ । डाक्टरले हरेक विरामीको समयलाई महत्वपूर्ण सम्झेर उपचार गर्न सके ठूलो उपलब्धि हुने देखिन्छ ।
आज डाक्टरले राम्रो उपचार गरेन भन्दै दोसा रोपण गर्ने र उपचार खर्च समेत भोराउने प्रचलन देखिएको छ यो आफैमा राम्रो होइन । हरेक डाक्टर लोभी हुदैन तर लोभमा काम गर्ने डाक्टर हुन सक्दैनन् । डाक्टर बढ्दा करिब एमडीसम्म पुग्दा ८०/९० लाख तिर पुगेको हुन्छ ।
यति खर्च गरेर पढेर पाउने जागिर भनेको ५०/५५ हजार देखिन्छ । यस्तो अवस्थामा डाक्टरले विरामीको समयलाई ध्यान दिन नसकेको पनि हुन सक्छ । तर जे होस् डाक्टरलाई दोश लगाउने प्रमप्रा दैनिक बढ्दैछ ।
हरेक व्यक्तिले आफ्नो रोग नछिपाई भन्न सकेमा डाक्टरलाई उपचार गर्न सहज देखिन्छ । तर रोगीले आफ्नो समस्या नबताई रोगको उपचार गर्दा निको नहुने भएकाले डाक्टरलाई लाज नमानी सम्पुर्ण समस्या बताउन सके उपचार गराउन सहज हुन सक्नेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।