७ बैशाख २०८१, शुक्रबार

रोग लाग्नु पूर्व गरौं जचाउने बानीको विकास


जचाउने बानी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरस (कोभिड-१९) बाट मर्नेको संख्या न्यून छ, यसमा आत्ति हाल्नु पर्दैन तर स्वास्थ्यप्रति सजग रहेर आफ्नो मुल समस्याको उपचार गराइहाल्नु पर्दछ । मेरो अनुभवमा कोरोना संक्रमणबाट मर्नेहरु न्युमोनिया भएका, दमका रोगी र ५० बर्ष पार भएका अधिक छन् भन्ने लागेको छ ।

यस्ता रोगको उपचार नपाएकाहरू हिजो पनि मर्ने गर्दथे आज पनि मर्ने गर्दछन् । विश्वमा १६० लाख मान्छे दैनिक मुटु फोक्सो र निमोनियाका कारण मर्दथे । अहिले थोरै मान्छे मर्दैमा आत्ति हाल्नु पर्दैन । तर रोग दवाएर राख्नेहरू यो रोगबाट बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

नोबेल कोरोना खास गरी यस प्रकारको रूघा हो जसको उपचार समयमा नभए यसले फोक्सोमा असर गर्दछ । मौसम परिवर्तन भइसकेकाले आफ्नो समस्यामा राम्रो ध्यान पुराउनु हुनेछ ।

पुराना रूघाखोकी लाग्नेहरूले आफ्नो स्वास्थ्यमा राम्रो हेरचाह गर्नुपर्ने समय आएको छ । हरेकले आफ्नो परिवार डाक्टरको परामर्शमा औषधि सेवन गर्ने बानी बसालौं ।

हाम्रो भान्सामा भएका अदुवा,बेसार, कागती, मरिच, तुलसी पत्ता,गर्जो, असुरो जस्ता औषधि बनाएर खाने गर्नाले धेरै रोगहरूबाट बचाउने देखिएको छ । रातो चियामा हमेसा तुलसी पत्र, ल्वाङ, सुकुमेल, मरिच, अदुवा र कागती राखेर खाने बानी बसालौ यसले फाइदा गर्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !