७ पुस २०८१, आइतबार

चुरोट र सुर्तीको हानी कम गर्न यस्ता खानेकुराहरु खानुहोस


Tobacco चुरोट र सुर्ती
Ram-Thakuri
राम ठकुरी

निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख स्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो । निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारिरिक प्रणालीलाई स्वास्थ्य बनाउन मद्धत गर्छ ।

फोलिक एसिडयुक्त पालकमा प्रशस्त मात्रामा भिटामिन हुन्छ । नियमिति रुपमा पालकको साग खाँदा यसले फोक्सो र रक्तनलीबाट शरिरको निकोटिन फाल्न सहयोग पुर्याउँछ ।

ब्रोकाउली फोक्सोको लागि अत्यधिक स्वस्थकर मानिन्छ । यसले निकोटिनले शरिरमा उत्पन्न गर्ने विषादी हटाई अंगहरुको रक्षा गर्छ । ब्रोकाउलीमा भिटामिन बी ५ र भिटामिन सी पाइन्छ ।

सुन्तलामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टिअक्सिडियन्टयुक्त यस फलले शरिरका हानिकारक र अनावश्यक पर्दाथलाई निष्क्रिय बनाइदिन्छ। भिटामिन ए, भिटामिन के, भिटामिन सीयुक्त गाजरले शरिरका अन्य हानिकारक पदार्थलाई बगाएर फालिदिन्छ।

स्ट्रबेरी, रसबेरी, ब्लुबेरीमा प्रशस्त भिटामिन सी र एन्टिअक्सिडियन्ट हुन्छ, जसले रक्तनलीका विकारलाई हटाइदिन्छ । रगतलाई सफा गर्नको लागि अनार निकै प्रभावकारी फल हो । रगतमा मिसिएको निकोटिन लगायतका हानिकारक तत्व फाल्नका लागि यो निकै प्रभावकारी मानिन्छ।

किवी अर्को महत्वपूर्ण र प्रभावकारी फल हो जसले रगतमा रहेका निकोटिन लगायतका हानिकारक विषादीलाई पखालेर रगतलाई सफा बनाइदिन्छ । नियमित किबी खानाले स्वास्थमा अन्य फाइदा पनि गर्छ ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !