८ बैशाख २०८१, शनिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालवाट डिस्चार्ज


झलनाथ खनाल

काठमाडौं, असोज ३० । श्वासप्रश्वास र उच्च रक्तचापका समस्या देखिएपछि बुधबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि आज शुक्रबार डिस्चार्ज भएका छन् ।

उपचारको क्रममा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो खनालको डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यस्तै सामाजिक संजाल फेसबुकमार्फत खनालले ह्राम्स अस्पतालका डाक्टरहरुको निरन्तरको राम्रो उपचारपछि अहिले स्वास्थ्य सामान्य अबस्थामा रहेको छ र आफू आज अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् ।

साथै उनले आफ्नो स्वास्थ्य उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी टिमप्रति आभार ब्यक्त गर्दै उपाचारार्थ अस्पतालमा रहँदा आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्र्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, समर्थकहरु, आफन्तहरु, पत्रकार मित्रहरुहरु तथा सुबेच्छुकहरु सबैप्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !