६ बैशाख २०८१, बिहिबार

जान्नुहोस स्वास्थ्यको दृष्टिले कुन फ्याट उपयोगी


Unsaturated and Saturated fat स्याचुरेटेड फ्याट र अनस्याचुरेटेड फ्याट
Ram-Thakuri
राम ठकुरी

हामीहरुले विभिन्न पत्रपत्रिका र समाचार माध्यममा पढ्दै र सुन्दै आइरहेका छौं कि स्याचुरेटेड फ्याट (Saturated Fat) हाम्रो शरीरको लागि हानिकारक हुन्छ भनेर । उक्त स्याचुरेटेड फ्याट एक प्रकारको लिपिड (Lipid) हो जसमा अणुको संरचना (Molecular Structure ) हेर्ने हो भने कार्बन, हाइड्रोजन र अक्सिजन रहेको हुन्छ।  त्यसैगरी अनस्याचुरेटेड फ्याट (Unsaturated Fat) मा पनि कार्बन, हाइड्रोजन र अक्सिजन तत्वहरु नै रहेको हुन्छ।

स्याचुरेटेड र अनस्याचुरेटेड फ्याटमा भिन्नता

स्याचुरेटेड फ्याटको अणुको संरचना हेर्ने हो भने कार्बन र कार्बन वीच एउटा मात्र बोन्ड (परमाणुलाई बाँध्ने बल ) हुन्छ भने अनस्याचुरेटेड फ्याटमा भने कार्बन र कार्बनको वीचमा एकभन्दा बढी बोन्ड हुन्छ।

स्वास्थ्यको लागि स्याचुरेटेड भन्दा अनस्याचुरेटेड फ्याटनै फाइदाजनक हुन्छ । तोरी, मकै सूर्यमुखी, अलिभ ,भटमास , नरिवल आदिको तेल भनेको अनस्याचुरेटेड फ्याटनै हो, जुन स्वास्थ्यको लागि फाइदाकरक हो ।

बजारमा पाइने ठोस घ्यु ( डालर घ्यु ) स्याचुरेटेड फ्याट हो भने तरल तेल अनस्याचुरेटेड फ्याट हो । जनावरको बोसो पनि एक प्रकारको स्याचुरेटेड फ्याट नै हो त्यसैले यो खानु राम्रो हुँदैन । उक्त बोसोलाई सोडियम वा पोटासियमको  अल्काली ( क्ष्यार ) ( NaOH , KOH )  संग प्रतिक्रिया गरेमा साबुन (soap) बन्दछ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !