३० कार्तिक २०८१, शुक्रबार

रेडक्रसद्वारा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा


गर्भवती महिला

रोल्पा, १५ असोज । अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विपद्का ंसमयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने देखिएकाले उनीहरुलाई प्रसूति सेवाका लागि नजीकैको स्वास्थ्य संस्था वा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको हो । आगामी डिसेम्बरसम्म उपलब्ध हुने सो सेवाका लागि रेडक्रसले मापदण्डसमेत निर्धारण गरेको रेडक्रस शाखाका सभापति डिबी घर्तीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !