८ जेष्ठ २०८१, मंगलबार

सुर्यको किरणले लाग्न सक्ने डरलाग्दो रोग


Erythropoietic Protoporphyra
कमल प्रसाद शर्मा
कमल प्रसाद शर्मा

हामीले सुन्दै आएको कुरो के हो  भने सुर्यको किरणबाट भिटामिन “डी” पाइन्छ र यसले ढुसी तथा धेरै किटाणुहरु मार्दछ । त्यसैले साना नानीहरुलाई घाममा राखेर तेल लगाउने हाम्रो चलन छ । यसको साथै जाडोमा घाम ताप्न कसलाई मन पर्दैन र ! सुन्दा अचम्म लाग्न सक्छ कि कसै-कसैलाई घामको किरण अभिशाप हुन सक्छ । त्यसको एउटा उदाहरण भएकी छिन् अमेरिकाको लस एन्जल्समा बस्ने ११ बर्षिया बालिका सभान फुलकर्सन । उनलाई चार बर्षको उमेरदेखि Erythropoietic Protoporphyra अथबा EPP भन्ने अचम्मको बिमार लागेको छ । EPP एक खतरनाक घामको एलर्जीले हुने बिमार हो ।

यो संसारमा दश लाखमध्ये दुई वा पाँच जनालाई मात्र हुन्छ । यस्ता रोगीहरुलाई घामको किरण परेको केही मिनेटमै चिलाउने, पोल्ने, दुख्ने तथा फोका उठ्ने र सुन्निने हुन्छ । यसको अहिलेसम्म कुनै उपचार भेटिएको छैन तर डाक्टरहरुले यसको कारण हेमोग्लोबिनले उत्पादन गरेको Porphyrins तथा अन्य घातक रसायनिक तत्व भएको बताउँदै आएका छन् । सभान हत्तपत्त घाममा निस्किन्नन्, निस्कनै परे विशेष प्रकारको लुगा लगाएर मात्रै निस्किन्छिन् । उनी भन्छिन् कि सुर्यको किरण शरिरमा पर्नासाथ नै ज्वालामुखी खनिएको जस्तो लाग्छ ।

*भौतिकशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका कमल प्रसाद शर्मा नेपालपत्रका लेखक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !