३० कार्तिक २०८१, शुक्रबार

घर बाहिर निस्किनु पर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न नेता थापाको आग्रह


गगन थापा

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निषेधाज्ञा खुकुलो भए पनि संक्रमणकाे जोखिम कम नभएको बताएका छन् । नेता थापाले निषेधाज्ञा खुकुलोपन सँगै चहलपहल बढ्ने र यस अवस्थामा संक्रमण फैलिने संभावना झन बढी रहेको बताएका छन् ।

नेता थापाले यो समयमा घर बाहिर निस्किनुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न, सतर्कता अपनाउन, सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !