५ जेष्ठ २०८१, शनिबार

ग्याष्ट्रिक र यसको सफल उपचार


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ । हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ । यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ।

कुनै कारणबश यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ-ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ ।

के खाने ? के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो । सन्तुलित भोजन गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नु हुँदैन । तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ ।

ग्याष्ट्रिक भएपछि यसको उपचार कसरी गर्ने भन्ने कुरा सवैभन्दा महत्वपूर्ण देखिन्छ । उपचार ग्याष्ट्रिकमा थुप्रै थरिका छन् हामीले एउटा कुरा हमेसा बुझ्न आवश्यक छ । ग्याष्ट्रिक भनेको पेटमा एसिडको मात्रा ज्यादा हुनुलाई लिन सकिन्छ । एसिड नबन्ने खालका खाना कमसे कम खाने गरेमा यो रोगबाट आफुलाई बचाउन सकिनेछ ।

आजकल फास्ट फुडको जमना छ यस्ता प्रकारका खाना खानाले पनि ग्याष्ट्रिक बढ्ने देखिन्छ । खाना समयमा खाने बानी बसाल्नु पर्छ । खाना खाँदा सकेसम्म पानी नखाने अरू समयमा प्रशस्त पानी पिउने खानाको समय मिलाउने गरेमा आधा ग्याष्ट्रिक आफै निको हुन सक्छ ।

ग्याष्ट्रिकको उपचार

प्रशस्त पानी पिउने

लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टा जस्ता कोल्ड ड्रिंकको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुन पानी

बिहान उठ्नासाथ दुई-तीन पोटी लसुन पानीसँग चपाएर निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

उपचार

ग्यास्टिको समस्या देखिएमा यस्को उपचार ग्यास्ट्रोलोजीको परामर्शमा इन्डोस्कोपी गरेर उपचार गराउदा सवैभन्दा राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !