८ बैशाख २०८१, शनिबार

सेनिटाइजर स्वास्थ्यको दृष्टिकोणले ठिक छैन


सेनिटाइजर
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरसबाट बचाउछ भन्दै आजकाल हरेक कम्पनीले सेनिटाइजर्स बनाएर बजारमा ल्याएको छ । सेनिटाइजर्स स्वास्थ्यको दृष्टिकोणले त्यति राम्रो मानिएको छैन । अत्यधिक सेनिटाइजर्स प्रयोग गर्दा छाला सम्बन्धित रोग मसिना खटिरा देखिन सक्छ ।

स्वास्थ्यको दृष्टिकोणले सेनिटाइजर्स प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ। हाम्रो सानो लापरबाहीले मानसको ज्यान जान सक्छ । सेनिटाइजर्स प्रयोग गरेको भएमा हात साबुन पानीले नधुदासम्म हात आँखामा मुखमा पर्न गएमा समेत यसले असर गर्न सक्ने भनेको छ ।

सेनिटाइजर्स प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

१. घरमा स-साना बच्चा भएमा बच्चाको पहुच भन्दा माथि राख्नुपर्छ । स-साना बच्चाले खाएमा या आँखामा पारेमा असर गर्न सक्छ ।

२. सेनिटाइजर्स कपडामा परेमा तुरुन्त धुने गर्नुपर्छ नत्र आगो लाग्ने खतरा हुन सक्छ ।

३. सेनिटाइजर्स आगोको नजीक सकेसम्म राख्नु हुदैन, यसले आगो लाग्ने खतरा बढ्दछ ।

४. सेनिटाइजर्स लगाइसकेपछि खाना खाँदा होस या पिसाब फेर्दा नधोइकन नछुने छोएमा यसले असर गर्न सक्छ ।

५. सेनिटाइजर्स पोइजन हो झुक्किएर पिएमा मानिस मर्न सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !