७ पुस २०८१, आइतबार

चुरोट भन्दा पनि अगरबत्तीको धुँवा खतरानाक !


एजेन्सी, अगर बत्तिको धुवा चुरोटको भन्दा स्वास्थयकालागि हानिकारक रहेको पाइएको छ । चिनमा गरेको एक अध्ययन अनुसार अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् । जुन चुरोटको भन्दा बढी हानिकारक हुन्छन । त्यस्तो अगरबत्तीबाट विषालु कण निस्कन्छन् र शरीरका कोशिकालाई हानि गर्छन । अध्ययन अनुसार अगरबत्तीमा तीनवटा विषालु तत्त्व हुन्छन् ।स्म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक । यिनले क्यान्सर गराउन सक्छन् । जसबाट निस्कने धूँवाले मानिसको शरीरमा भएको जीन परिवर्तित गर्छा र जुन क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो । आनुवंशिक परिवर्तनले डीएनएमा पनि परिवर्तन ल्याउँछ र यो नराम्रो संकेत हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !