४ जेष्ठ २०८१, शुक्रबार

किसमिसका फाइदाहरु


kismis

ड्राइ फ्रुट्सहरु मध्ये किसमिस पनि एउटा हो । किसमिस अन्यको तुलनामा निकै मिठो पनि हुने गर्छ । यसलाई हामि खिर , हलुवा जस्ता खानेकुराहरुको स्वाद बढाउनको लागी प्रयोग गर्ने गर्छौं ।

किसमिस खाँदाका फाइदाहरु 

  • हाड बलियो बनाउन : हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग अस्टिओपोरेसिसमा राहत दिन्छ ।
  • आँखाको ध्यान : आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ ।
  • उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।
  • किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।
  • कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ ।
  • किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल ( बोसो ) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !