११ आश्विन २०८१, शुक्रबार

वायुप्रदूषणबाट बच्ने उपाय


dhuwa

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रदूषणका कारण विश्वभर हुने मृत्युमध्ये भारतमा सबैभन्दा बढी मृत्यु हुने गरेको छ । विगत केही वर्षयता प्रदूषणबाट दम, दीर्घ खोकी, फोक्सोको क्यान्सर, ब्रोङकाइटिस, टाउको दुख्ने, मुटुको धड्कन असामान्य हुने र हृदयाघातका रोगीको संख्या तीब्र रुपमा बढिरहको डब्लुएचओले जनाएको छ ।

प्रदूषणबाट बच्ने उपाय
१. घरबाहिर निस्कँदा मुखमा मास्क लगाएर निस्कनुपर्छ ।
२. सडक क्षेत्रको घर छ भने झ्यालढोका बन्द गर्ने या एयर प्युरिफायरको प्रयोग गर्नुपर्छ ।
३. घर आसपास कारखाना या रासायनिक उद्योग छ भने हावाको सम्पर्कमा कम आउनुपर्छ ।
४. आँखाको प्रदूषणबाट बचाउन घरबाहिर निस्कँदा ठूलो खालको सनग्लास लगाउनुपर्छ ।
५. दमका रोगीले सधैं इन्हेलर साथमा राख्नुपर्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !