९ मंसिर २०८१, आइतबार

विमानस्थलबाट ६ किलो कोकिनसहित चार विदेशी पक्राउ


पुस ७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन् । ती प्रहरीले विदेश जाने र आउने नागरिकको ‘लगेज’ चेकजाचमा बढी जासुस गर्छन् । बेलुकीको समयमा अन्तर्राष्ट्रिय उडानका हवाईजहाज ल्याण्ड हुनैलाग्दा प्रहरी सर्तकका साथ विमानस्थलभित्र परिचालित हुन्छन्, थाहा नहुनेगरी । विदेशीहरूको लगेज चेकजाच भइरहँदा जासुस गर्न बसेका प्रहरीले शंका लाग्दाबित्तिकै निगरानी बढाउँछन् ।

शनिबार प्रहरीले यस्तै ढंगबाट गोप्य रूपमा गरेको निगरानीका क्रममा ‘कोकिन’ लैजान लागेको अवस्थानमा प्रस्थान कक्षबाट दुई विदेशी नागरिकलाई समात्यो । उनीहरूले ज्याकेटमा बेरेर कोकिन लैजान लागेका थिए । पक्राउ पर्नेमा राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना र राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारूसी नागरिक पाभेल भेसिलयू रहेका छन् । उनीहरू काठमाडौंबाट हङ्कङ जान लागेका थिए ।

एलिना र पाभेलको बयानका आधारमा उहीहरूसँगै कोकिन कारोबार गर्ने वोलिभियन नागरिक राउल जम्ब्राना ओर्डोनेज र रोबर्टो कार्लोस मेरूवीया मेरिइसलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !