१४ जेष्ठ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक : शोकप्रस्ताव पारित


BICC

२० साउन, काठमाडौँ । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभएको थियो ।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक ÷प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गर्नुभएका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत हुनुहुन्थ्यो । पंगेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयघात भई निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !