१० साउन, काठमाडौं । जुम्लावाट २७ दिन अघि शुरु भएको डा. गोविन्द केसीको अनसन सरकारसँग सहमतिपछि तोडिएको छ । बिहीबार करिब ९ घण्टा वार्ता भई सहमतिमा पुगेपछि डा. केसीलाई नेकपाका संसदीय दलका उपनेता नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले संयुक्त रुपमा जुस खुवाएर अनसन तोडिएको हो ।
नेकपाका नेता नेम्वाङले सहमतिलाई संसद मार्फत कार्यान्वयन गराउने प्रतिवद्धता जनाए । ‘संसदको प्रक्रिया मार्फत निष्कर्षमा पुर्याउन भनेका छौं’ उनले भने । नेम्वाङले अब डा. केसी फेरि अनसन बस्नु नपर्ने अवस्था बनाउने बाचा समेत गरेका छन् । सरकारी पक्ष र डा.केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमतिपत्र