८ जेष्ठ २०८१, मंगलबार

समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ सरकार अगाडि बढेको छः मन्त्री बाँस्कोटा


Gokul Baskota

१६ असार, विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्यका साथ सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको कम्युनिष्ट सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासप्रति प्रतिवद्ध छ ।”

मन्त्री बाँस्कोटाले स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै पत्रकारिता क्षेत्र अझ बढी मर्यादित, व्यवस्थित एवं जीवन्त हुनुपर्छ भन्नुभयो ।

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्दै उहाँले सरकार सुशासन कायम राख्न रु भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले विधिको शासन र संविधानको सर्वोच्चता हाम्रो मान्यता भएकाले यसमा कसैले पनि शंका गर्न नहुने उल्लेख गर्दै पूर्वाग्रही ढंगले आलोचना गर्नुभन्दा विकासको काममा सरकारसंग सहकार्य गर्न सबैमा आग्रह गर्नुभयो ।

आगामी १८ महिनाभित्र मुलुकभरि नै नेपाल टेलिकमका फोर जी सेवा लागू भइसक्ने बताउँदै उहाँले विज्ञापन र आमसञ्चार सम्बन्धी बनेका कानून परिमार्जन हुँदै जाने पनि स्पष्ट पार्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !