१३ बैशाख २०८१, बिहिबार

राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला दाहाल विजयी


Sashikala Dahal

४ चैत, काठमाण्डौ । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी हुनुभएको छ ।

संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाउनुभयो ।

राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् ।

आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !