१५ जेष्ठ २०८१, मंगलबार

सरकारले स्थानीय तहलाई समेटेर तोकियो नयाँ मर्यादाक्रम


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

१६ माघ, काठमाण्डौ । सरकारले स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ वरियताक्रम निश्चित गरेको हो । यो भन्दा अगाडी निर्धारण गरिएका वरियता क्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सांसदहरुलाई समेटिएको थिएन ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, पूर्वराष्ट्रपति, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको वरियताक्रम सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले निश्चित गरेको शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

वरियतामा पूर्वराष्ट्रपतिभन्दा प्रदेश प्रमुख माथि छन् । प्रदेश सभाका संसदहरुले संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति सरह वरियता पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !