४ जेष्ठ २०८१, शुक्रबार

गौतमलाई महानिर्देशकवाट हटाउन फेरि चलखेल


hataune

१९ पुस, काठमाण्डौ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई  जितेन्द्रनारायण देवले सो पदवाट हटाउन फेरि चलखेल थालेका छन् ।

पर्यटनमन्त्री देवले मन्त्रिपरिषद्को पुस १३ को बैठकमा ‘नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले असहयोग गरेपछि आफूले उनलाई हटाउन खोज्दा सचिव महेश्वर न्यौपाने र निर्वाचन आयोग बाधक भएको’ भन्दै आक्रोश पोखेका थिए ।

मन्त्री देवले बैठकमा भनेका थिए, ‘सचिवले पनि सहयोग गरेनन्, पछि मलाई त्यही विषयमा निर्वाचन आयोगमा लगेर उभ्याउने काम गरियो,’ ‘अहिले आचारसंहिता लागेको छैन, नियुक्ति र केही सरुवा-बढुवा गर्न खोजेको थिएँ, सचिवले दिँदै–दिँदैनन् ।’ एक उच्च सरकारी अधिकारीका अनुसार मन्त्री देव पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन ‘दिलोज्यान’ दिएर लागि परेका छन् ।

स्रोतका अनुसार मन्त्री देवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका पाँचतारे होटल रयाडिसनको ‘बिजनेस लाउन्ज’ सहित अन्य करिब तीन दर्जन पसल–कबलको नवीकरण एकैपटक १० वर्षका लागि गराउन प्राधिकरणका महानिर्देशक गौतमलाई दबाब दिँदै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !