५ जेष्ठ २०८१, शनिबार

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३६७ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज २१ । गण्डकी प्रदेशमा आज बिहान थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३६७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३७ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका ३२ जना, कास्कीका ३ जना र लम्जुङका २ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, बाग्लुङ-२ का २७ जना पुरुष नेपाल आर्मीमा र ३८ बर्षीय १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने काठेखोला गाउँपालिकाका सबैजना भारतबाट आएका हुन् ।

लमजुङ जिल्ला, राईनाश-७ का २५ बर्षीय पुरुष सहोदर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबैजना cकन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३६७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !