१२ बैशाख २०८१, बुधबार

लोकतन्त्रमा नागरिकलाई सास्ती : चर्को घाममा बजार मूल्य भन्दा ८० रुपैयाँ कममा प्याज किन्न बाध्य


प्याज किन्नेको लाइन

काठमाडौं, असोज १२ । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न टन्टलापुर घाममा उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।

बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रतिकिलो ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएकोमा १ जना व्यक्तिले ३ केजीसम्म किन्न पाउनेछन् ।

शुक्रबार १७ क्विन्टल बिक्री भएको छ भने आइतबार लगभग २९ क्विन्टल बिक्रि भएको छ । आज पनि बिक्री हुने क्रम जारी छ । बजारभाउ भन्दा केही सस्तोमा प्याज बिक्री गरिएको छ । बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमका बीच उपभोक्ताहरु लाइनमा बस्न बाध्य भएका छन् ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । बिक्री भएको प्याजको रकम ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिनेछ ।

केही दिन अघि बजारमा प्याजको कृत्रिम अभाव खडा गरी अत्यधिक मूल्य लिएर प्याज बिक्री भइरहेको सूचनाका आधारमा उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको छ । भारतले आयात रोकेको केही दिनमै प्याजको मूल्य प्रतिकेजी १२० रूपैयाँसम्म व्यवसायीले लिएका थिए ।

नेपालमा लोकतन्त्र आएको छ तर पनि आम नागरिकले यसको अनुभति गर्न सकेका छैनन् । चर्को घाममा थापाथलीमा प्रतिकिलो ६० रुपैयाँमा प्याज किन्न नागरिक लाइनमा बस्न बाध्य भएको छन् ।

लोकतन्त्रमा नागरिकलाई सास्ती भएको छ । यस्तो लोकतन्त्रको जनताले अपेक्षा गरेका थिएनन् । २/४ दिन प्याजको अभाव भयो भने व्यापारीले प्रतिकिलो ६०/७० रुपैया पर्ने प्याजको बजार भाउ बढाएर प्रतिकिलो १५०/१६० पुर्याउछन् ।

नेपाल सरकारले यस्तो समस्याको दीर्घकालिन समाधान खोज्नैपर्छ । हामीले बजार भाउ भन्दा नागरिकलाई प्रतिकेजी ८० रुपैया सस्तोमा प्याज दियौ भनेर मक्ख परी आफ्नो जिम्मेवारीबाट पन्छन् मिल्दैन ।

भारतले आयात रोकेको केही दिनमै प्याजको मूल्यमा कालोबजारी भईहाल्छ । ब्यापारीहरु जुका जस्तो कतिखेर आउछ र रगत चुसुला भनेजस्तै बजार मूल्य बढाई हाल्छन् । कृषिप्रधान देश नेपालको यस्तो हालत हुनुपर्ने हो ? देशमा यस्तो जमिन छ । प्याजमा आत्मनिर्भर हुनेपर्ने नीतिको कहिले हुन्छ कार्यान्वयन नेपालमा ?

सरकारले बिचालियाको जगजगी रहेको नेपाली बजारमा बिचालियालाई हटाएर यथार्थ किसानको समस्यालाई सम्बोधन गर्न सक्नुपर्ने हो तर यसो हुन सकेको छैन । कोरोना महामारीले बेरोजगार भएका र कमाई नभएकाहरुलाई केहि राहत त् भएको छ तर यस्तो कालाबजारी गर्नेलाई कडा कानून ल्याई चरम दण्ड दिई यसको अन्त्य गर्नु नै पर्छ सरकारले ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !