
काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै महासंघलेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा बढाउन माग गरेको हो ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।