१८ बैशाख २०८१, मंगलबार

नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधनलाई कर : प्रतिटिप २५ देखि ५५ रुपैयाँ लाग्ने


नारायणगढ–मुग्लिन सडक

काठमाडौं, साउन १६ । नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधनलाई कर लाग्ने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत प्रतिटिप २५ देखि ५५ रुपैयाँसम्म दस्तुर तिर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगण-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले हिजो जानकारी दिए ।

‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मत सम्भार दस्तुर लिने चलन भएकोले नारायण-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !