७ बैशाख २०८१, शुक्रबार

राज्य विरुद्धको कसूरमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्छ ?


रामकुमारी झाँक्रीलाई पक्राउ

काठमाडौँ । प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको हो ।

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनको आफ्नै निवास काठमाडौँ महानगरपालिका-३१ स्थित शङ्खमूलबाट पक्राउ गरेको हो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

राज्य विरुद्धको अपराध अन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा ९१० मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।

उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

राज्य विरुद्धको अपराधमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्छ ?

पक्राउको विरोधमा उनका समर्थकले चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गरेकी थिइन् ।

उनलाई प्रहरी पकाउ गर्न जाँदा आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको थियो ।

राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी

यो पनि पढ्नुहोस्

रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

प्रचण्ड भन्छन्, ‘ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो’

प्रहरीद्वारा रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट गिरफ्तार

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !