१२ असार २०८१, बुधबार

वनको हैसियतमा सुुधार


वन व्यवस्थापन

विराटनगर, १९ साउन । वैज्ञानिक वन व्यवस्थापनका कारण यसको हैसियतमा सुुधार आएको छ ।

वैज्ञानिक वन व्यवस्थापनबाट राजश्वमा वृद्धि, आयातित काठ प्रतिस्थापन, रोजगारी सिर्जना, नयाँ बिरुवा वृद्धि, हरियाली वनमा वृद्धि र स्वच्छ वातावरण निर्माण र वन पैदावारमा वृद्धि हुँदै गएको छ । त्यस्तै वैज्ञानिक वन व्यवस्थापनले यसको संरक्षण तथा सम्वद्र्धनमा उपभोक्तालाई थप संवेदनशील र जिम्मेवार बनाउँदै लगेको बताइएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुुदायिक तथा साझेदारी वनको स्थलगत अनुुगमनको क्रममा सहभागीले मोरङमा वैज्ञानिक वन व्यवस्थापनको प्रभावकारी कार्यान्वयनबाट यसको हैसियतमा सुुधार आएको बताएका छन् ।

समितिका सभापति पुूर्णकुुमारी सुुवेदीको नेतृत्वको टोलीले वैज्ञानिक वन कार्यक्रम लागूु भएका ३४ मध्ये तीनवटा सामुदायिक तथा साझेदारी वनको अनुुगमन गर्दै त्यसको अवस्था र प्रभावका बारेमा जानकारी लिएको थियो । वैज्ञानिक वनको कार्यान्वयन अवस्था बुझ्न आएको टोलीले यही साउन १६ देखि तीन दिनसम्म झापा, मोरङ तथा सुुनसरी जिल्लाका वनक्षेत्रको स्थलगत अनुुगमन गरेको छ ।

अनुुगमनपछि आज पथरीको हरियाली सामुदायिक वनको सभाहलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समितिका सदस्यले वैज्ञानिक वन व्यवस्थापनको अवस्था प्रदेश नं. १ मा सन्तोषजनक रहेको बताउनुुभयो ।

सभापति सुुवेदीले वैज्ञानिक वनमा रुख कटान र नयाँ बिरुवा पुुनःस्थापनको अवस्था पूर्वी नेपालमा राम्रो पाएको उल्लेख गर्नुुहँुुदै नेपालको संविधान र नयाँ संरचना अनुुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुुभयो ।

समितिका सदस्य घनश्याम खतिवडाले वैज्ञानिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा सुुझाव सङ्कलन गरिरहेको बताउनुुभयो ।

यसैैैगरी, समिति सदस्य शान्ता चौधरीले वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनक्षेत्रमा कार्यविधि बमोजिम उपयुक्त सङ्ख्यामा माउ रूख कायम राखिनुपर्ने र थप पुुनरोत्पादन संरक्षणको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । उहाँले वैज्ञानिक वन व्यवस्थापन लागू भएको हरियाली सामुुदायिक वनले राम्रो काम गरेकोमा प्रसंशा गर्नुुुभयो ।

समिति सदस्य राजबहादुुर बुढाक्षेत्री तथा शान्तिमाया पाख्रिनले वैज्ञानिक वन व्यवस्थापनको उपलब्धि र समस्यालाई प्रतिवेदनमा उल्लेख गर्ने बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुुख विशाल घिमिरेले जिल्लाको वैज्ञानिक वनको अवस्था र वस्तुुस्थितिका विषयमा प्रस्तुुतिकरण दिनुुभयो ।

जनसेवा सामुुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलाराम राई, बेलबारी चिसाङ साझेदारी वनका संयोजक दिनेश गिरी, हरियाली सामुुदायिक वन उपभोक्ता समितिका लेखा सदस्य केशव दाहाल, शान्ति सामुुदायिक वनकी सचिव मेनुुका राई तथा रमिते सामुदायिक वनका प्रतिनिधि राजु परियारले सरकार, संसद् तथा बजेट भाषणमै आर्थिक समृद्धिको आधार वन भन्ने कुुरा पटक–पटक सम्बोधन हुुने गरेकाले वैज्ञानिक वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुुभयो ।

सामुुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश नं. १ का संयोजक तुुलसी सङ्ग्रौला, महासङ्घका जिल्ला अध्यक्ष रामकृष्ण राईलगायतले भएका रुख काटेर कुुनै पनि वन व्यवस्थित र वैज्ञानिक नहुुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा प्रदेश नं. १ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रदेश वन ऐन २०७६ जारी भइसकेको र प्रदेश सरकारले समेत वन उपभोक्ता समस्या सम्बोधन हुने गरी यस प्रदेशमा वनका कार्यक्रम लागू गर्ने कुरा बताउनुभयो ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुुख दिलीप राई तथा लेटाङ नगरपालिकाका प्रमुुख शङ्कर राईले स्थानीय तहका समन्वयमा वनको पैदावार तथा उत्पादन बढाएर सर्वसाधारणको जीवनस्तर उकास्नमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

सुदूरपश्चिमका केही जिल्लामा वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमितता भएको विषयमा गुुनासो आएको भन्दै नेपाल सरकारले गत जेठ–१५ गतेदेखि मुुलुुकभरका वनक्षेत्रबाट उत्पादित काठ बिक्री वितरणमा रोक लगाउँदै त्यस विषयमा सत्यतथ्य बुझ्न संसदीय समिति गठन भएको छ ।

उक्त समितिले मोरङ, झापा तथा सुुनसरी जिल्लाका वनको स्थलगत अनुुगमन गरी सर्वसाधारणको राय सुुझाव लिएको हो । स्थानीयस्तरबाट आएको सुुझाव अनुुसार यस विषयमा सरकारले धारणा बनाउने समितिका सदस्य घनश्याम खतिवडाले बताउनुुभयो ।

मोरङ जिल्लामा ३४ वटा सामुुदायिक वन तथा चारवटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम २०७१ सालदेखि लागू भएका छन् । देशभरमा ७७ जिल्लामध्ये ५५ जिल्लाका ७५० वटा सामुुदायिक वन, १५ वटा साझेदारी वन तथा छ वटा चक्लावन्दी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएकोसमेत डिभिजन प्रमुुख विशाल घिमिरेको भनाइ छ ।

वैज्ञानिक वनले कुनै एक क्षेत्रलाई आठ भागमा विभाजन गरी कुनै एक भागलाई पुनः १० भागमा विभाजन गरेर माउ रुखलाई राखेर पुरानो, ढल्न लागेको, नष्ट हुने अवस्थाका र नयाँ बिरुवालाई हुर्कन रोक्ने रुखलाई कटान गरी नयाँ बिरुवा हुर्कने कार्य वैज्ञानिक वन व्यवस्थापन हो ।

वैज्ञानिक वनको माध्यमबाट केही वर्षमै उजाड वन पनि हरियाली देखिने, जङ्गल हराभरा देखिने र आउने पुस्तालाई आवश्यकता अनुसारको काठ उत्पादन हुने विश्वासलाई वैज्ञानिक वन लागू भएको क्षेत्रमा सावित हुने अवस्था सिर्जना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !