८ बैशाख २०८१, शनिबार

सीसीएमसीका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ जारी, लकडाउन गर्ने होला त निर्णय ?


सीसीएमसीका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा हालको कोरोनाको स्थितिको बारेमा ब्रिफिङ गर्दै लकडाउन गर्ने बारेमा निर्णय लिन छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । साथै आज सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम जारी रहेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा ४ साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आए पनि निर्णय भएको छैन । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

यो पनि पढ्नुहोस्

फेरि ४ साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !