८ बैशाख २०८१, शनिबार

फेरि ४ साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस


काठमाडौँ उपत्यका

काठमाडौं । स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । साथै आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तयारी भएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा ४ साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आए पनि निर्णय भएको छैन । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !