९ असार २०८१, आइतबार

ललितपुरको चक्रपथ क्षेत्रभित्र आज शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू


जिल्ला प्रशासन कार्यालय ललितपुर

ललितपुर, १९ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्ला अन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णय विपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको हो । बिहीबार पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए ।

स्थिति हेरेर शुक्रबारदेखि जारी गर्न लागिएको कर्फ्यूलाई समेत बढाउन सकिने प्रजिअ भट्टले जानकारी दिए । स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा/देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यू वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।

ललितपुरको चक्रपथ क्षेत्रभित्र भोलि शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !